अमेरिका लैजाने प्रलोभन देखाएर ठ’गीको आरोपमा प’क्राउ

admin

काठमाडौं : अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक व्यक्ति प’क्राउ परेका छन्। संखुवासभाको पाँचखपन नगरपालिका–५ खमारेका तुलसी थापालाई प’क्राउ गरिएको नेपाल प्र’हरीको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनलाई माघ ६ गते काठमाडौंको दरबारमार्गबाट प’क्राउ गरेको हो। काठमाडौंको चाबहिल बस्दै आएका ६० वर्षीय थापाले आफू अन्तर्राष्ट्रिय मानव अधिकार संगठनको अध्यक्ष भएको र आफू अमेरिका हुने कार्यक्रममा जाँदा पाँच वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजाने प्रलोभन देखाएर १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनलाई ठगीको कसुरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया