अमेरिकी चुनाव : बाइडन जीत नजिक, धम्क्याउँदै ट्रम्प !

admin

काठमाडौं,कात्तिक २२ : पेन्सिलभेनियामा डोनाल्ड ट्रम्पभन्दा २० हजार धेरै मत ल्याएसँगै प्रत्यासी जो बाइडन चुनावी जीत नजिक पुगेका छन्। तर, वर्तमान राष्ट्रपति एवम् प्रतिस्पर्धी ट्रम्पले तत्काल जीत भएको घोषणा नगर्न बाइडनलाई चेतावनी दिएका छन्।

राष्ट्रपतीय चुनावअन्तर्गत जारी मतगणनामा अहिले पेन्सिलभेनियाको मतगणना हुँदैछ। पेन्सिलभेनियाको मत आफ्नो पक्षमा आए बाइडन राष्ट्रपति चयन हुनेछन्। जर्जियामा ९९ प्रतिशत मतगणना भइसकेको छ। तर अधिकारीहरुले यो राज्यमा फेरि मत गन्ने घोषणा गरेका छन्। नेभाडा र एरिजोनामा पनि बाइडनका पक्षमा मत बढिरहेको छ।

सीएनएनका अनुसार बाइडनले अहिलेसम्म १५३ इलेक्टोरल मत प्राप्त गरिसकेका छन् भने ट्रम्पका पक्षमा २१३ मत खसेको छ। अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल मत आवश्यक पर्छ। यस पटकको राष्ट्रपतीय चुनावमा १२० वर्षयताकै सबैभन्दै धेरै अर्थात ६६ दशमलव ९ प्रतिशत मत खसेको छ।

प्रतिक्रिया