अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए

admin

काठमाडौं : कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किनुभएको छ ।आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फर्कनुभएको हो ।

उहाँले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोड्नुभएको छ ।

उहाँका चिकित्सक सिन कोन्लेका अनुसार ट्रम्पलाई पछिल्लो २४ घण्टा कोरोनाको कुनै लक्षण देखिएको छैन भने ४ दिनदेखि ज्वरो पनि आएको छैन ।

ट्रम्पले आफु स्वस्थ भएकोमा भगवानलाई धन्यवाद दिदै आफुले जस्तै स्वास्थ्य सेवा र उपचार सबै कोरोना संक्रमित अमेरिकीहरुको पुहँचमा हुनुपर्ने बताउनुभएको छ । कोरोना उपचारको लागि अमेरिकामा उत्पादित औषधि आफ्ना नागरिकलाई निशुल्क उपलब्ध गराउने ट्रम्पको आश्वाशन छ । एजेन्सी

प्रतिक्रिया