‘अर्को जुनीमा भेटौँला’ भन्दै संसारबाट विदा भएका युवक लामा सबैको प्रेरणाका श्रोत थिए

मनिषा थापा

पिएनपिखबर : केहि समय अघि एउटा खुट्टाले मात्रै साइकल चलाएर सामाजिक संजालमा भाइरल बन्न पुगेका युवक लामाले अन्तत भावुक स्ट्याटस लेखि आत्महत्या गरेका छन्। आइतबार मध्यरातमा उनले आखाँभरी आशुले भरिएको आफ्नो फोटोमा ‘सबैले बिर्सिदिए पुग्छ मलाई यो जिन्दगीमा, अर्को जुनीमा भेटौँला’ भन्ने क्याप्सन राखेका थिए। यस्तो भाबुक स्ट्याटस लेखेको केहि समय मै उनले आफ्नै कोठामा पासो लगाई आत्महत्या गरे। 

धादिङ, बैरेनीमा जन्मेका युवक लामा सामान्य परिवारमा जन्मे, हुर्केका हुन्। अरू बच्चा जस्तै उनको जीवन पनि सामान्य थियो, रमाइलै थियो । तर, एउटा घटनाले उनको जीवन नै बदलिदियो। विगत ६ वर्षअघि उनी दशैँको समय पारी दिदीकोमा घुम्न काठमाडौँ आएको थिए । काठमाडौँको बसाई पछि घर फर्कदै गर्दा गाउँको उकालो बाटोमा ओभर लोडका कारण उनी चढेको गाडीको ब्रेक फेल भयो। उनले ज्यान जोगाउन आत्तिएर बसको छतबाटै हाम्फाले ।

ज्यान त बच्यो तर एउटा खुट्टा गुमाउन पुगे उनले। उनको सामान्य जीवन क्षणभरमै असामान्य भयो। त्यतिबेला उनलाई जीवन कै सबैभन्दा तित्तो पल लागे पनि उनले हिम्मत भने हारेका थिएनन्। उनमा जोश, आत्मबल र सहासको कुनै कमी थिएन जुन सबल व्यक्तिमा पनि हुदैन। दुई खुट्टा हुँदादेखि नै साइकलप्रेमी  रहेका उनको निरन्तर प्रयासले एउटा खुट्टाले मात्रै साइकल चलाउन सक्षम भए। साइकललाई नै उनको अर्को खुट्टा सम्झिन्थे। उनले एउटा खुट्टाको साहाराले नै साइकल चलाएर थुप्रै ठाउँ भ्रमण गरेका थिए। 

उनले विगत केहि महिना अघि पिएनपिखबरडटकमसँगको कुराकानीमा आफु साइकलको साहाराले विश्व घुम्ने चाहाना रहेको बताएका थिए। यस्तो उनको साहस र हिम्मतले फरक क्षमता भएका व्यक्तिहरुलाई मात्र नभई हरेक व्यक्तिलाई प्रेरणा मिलेको थियो। सबैका प्रेरणा बनेका उनले यसरी संसार छाड्दा आज सबैको मन रोएको छ। 

उनले धेरै दिन देखि नै आफ्नो फेसबुकमा भावुक स्ट्याटस लेख्दै आएका थिए।

यस्ता उनको स्ट्याटसले  पनि उनी केहि दिन देखि निकै पिडामा परेको अनुमान गर्न सकिन्छ। तर उनले आत्महत्याको विकल्प रोज्नेछन भनेर सायद कसैको कल्पनामा थिएन। उनी संसारबाट विदा भएपनि उनी हामी सबैको मनमा जीवित नै छन्। 

पिएनपिखबरपरिवार सबैका प्रेरणा बनेका युवक लामाको आत्माको शान्तिको कामना गर्दै  हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ।

प्रतिक्रिया