अर्को हप्तादेखि ‘ट्रम्प’ नियमित काममा फर्किन सक्ने

admin

एजेन्सी, २३ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्किने भएका छन् । कोरोना भाइरस पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेका राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काममा फर्किन सक्ने डाक्टरले बताएका छन् ।

उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताएका हुन् ।

उनले संक्रमण पुष्टि भएको १० दिनपछि ट्रम्प सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन सक्ने बताए । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले (आज) शुक्रबार फेरि कोरोना परीक्षण गर्ने तयारी छ ।

प्रतिक्रिया