अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश : जवाफसहित आफैँ हाजिर हुनू

admin

काठमाडौं, माघ १५ : सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्तालाई ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्दै अदालतको अवहेलना गरेको भन्दै रिट दायर भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ लिएर आफैं उपस्थित हुन भनेको हो । ओलीले वारेस पठाउन पाउने छैनन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीविरुद्ध अपमानजनक शब्द बोलेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले दर्ता गरेका थिए ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहसका लागि ९४ वर्षीय अधिवक्ता भण्डारीलाई बोलाएको विषयमा टिप्पणी गर्दै ओलीले भनेका थिए, ‘प्रतिनिधिसभा पुनस्र्थापना हुने कुनै ठाउँ संविधानमा छैन ।

एकजना बाजे वकिललाई पनि लगेछन् त्यो ठाउँमा किन दुःख दिएका हुन् ति बाजेलाई ?’ सँगै उनले संसद् विघटनको मुद्दाको बहसलाई ‘तमासा’को संज्ञासमेत दिएका थिए ।

प्रतिक्रिया