अविवाहित युवतीले मोबाइल चलाएमा डेढ़ लाख जरिवाना

मनिषा थापा

पिएनपिखबर : भारतको गुरजास्थित ठाकोर समुदायमा अविवाहित चेलीहरुलाई मोबाइल चलाउन बन्देज लगाइएको छ। अविवाहित चेलीहरुलाई मोबाइल चलाउन सहि नहुने समुदायको मान्यता छ।

गत आइतबार ठाकोर समुदायमा यसै विषयलाई लिएर भेला आयोजना भयो। जलोल गाउँमा भएको उक्त पन्चायतमा चेलीहरुलाई मोबाइल चलाउन प्रतिबन्ध लगाइएको हो।

उक्त गाउँका हुने पंचायतलाई स्थानीयहरु सविधान मान्ने गर्छन। नियम विपरित यस समुदायकी अविवाहित चेलीहरुले मोबाइल चलाएमा नियमको उल्लघन गरको ठानिनेछ।

पन्चायतमा गरिएको निर्णय अनुसार, आगामी दिनमा यदि अविवाहित युवतीहरुले मोबाइल चलाएको सुराकमात्र पाएमा अभिवाबकलाई समेत् १. ५ लाख सम्मको जरिवाना लगाइनेछ। अविवाहित युवतीले नियम उल्लङ्घन गरेमा पुरा समुदायलाई नै अपराधी मानिनेछ।

जिल्ला सदस्यका अनुसार, यस समुदायले राम्रो काम गर्दै आइरहेको बताउछन। डिजे र आतिशबाजाले गर्दा समाजमा धेरै विकृती फैलिएको उनको धारणा छ। मोबाइल फोन चलाएको खण्डमा उजुरी दिने फैसला भएपनि लागु भनेको भएको छैन।

प्रतिक्रिया