अविश्वासको प्रस्ताव दर्ता गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध

admin

कास्की, २ बैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सरकारले प्रदेश सभामै अविश्वासको प्रस्ताव दर्ता हुने हुने डरले रातारात अधिवेशन अन्त्य गरे पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउन १५ जना सांसद आवश्यक पर्ने भए पनि २८ जना सांसदको हस्ताक्षर रहेको छ । गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे फेरि अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकार गठनका लागि ३१ जना सांसद चाहिनेमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ । गण्डकीमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । चार दल मिलेर नयाँ सरकार बनाउने कोसिस भइरहेको छ ।

प्रतिक्रिया