अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच प’क्राउ

राष्ट्रिय समाचार समिति

लहान, १९ असार: भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्र’हरीले आज पाँच जनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९ वर्षीय अनिल चौधरी, त्रियुगा–१४ निवासी २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका–३ निवासी जीवनज्योति राई रहेको प्र’हरीले जनाएको छ ।

भारतबाट ना६त १९०५ नम्बरको ट्याक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्र’हरी कार्यालय महेशबारीबाट खटिएको प्र’हरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका–४ खरवौना चौकबाट मल बोकेको ट्याक्टरसहित पाँचै जनालाई प’क्राउ गरिएको इलाका प्र’हरी कार्यालय लहानका प्र’हरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो ।

प’क्राउ परेको ट्याक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको प्र’हरी नायब उपरीक्षक थापाले बताउनुभयो । आवश्यक कारवाहीका लागि ट्याक्टर, अ’वैध समान र पाँचै जनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया