अवैध रकमसहित एक जना भारतीय नागरिक प’क्राउ

राष्ट्रिय समाचार समिति

राजविराज, १० जेठ : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ कोशी बलारबाट अ’वैध रकमसहित आज साँझ एक जना भारतीय नागरिकलाई प्र’हरीले प’क्राउ गरेको छ ।

प’क्राउपर्नेमा भारतको सुपौल जिल्ला बथनाह गाउँ पञ्चायत वडा नं १७ बस्ने २८ वर्षीय फूलकुमार मेहता रहेको प्र’हरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोगका सम्बन्धमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दी उल्लङ्घन गर्दै भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई नेपाली रुपैयाँसहित प’क्राउ गरिएको प्र’हरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।

उनलाई शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी हातमा झुण्ड्याउने नाइलनको झोला जाँच गर्दा दुई किलो चिनीभित्र लुकाइ राखिएको नेपाली रु नौ लाख फेला पारेको प्र’हरीले जनाएको छ ।

प्र’हरीचौकी रामपुर मल्हनीयाबाट खटिएको प्र’हरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुर नेतृत्वको प्र’हरी गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । प’क्राउ परेकालाई जिल्ला प्र’हरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्र’हरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।

प्रतिक्रिया