अवैध रुपमा भित्र्याइएको मासु नष्ट

राष्ट्रिय समाचार समिति

भद्रपुर, ६ साउन : सशस्त्र प्रहरी बल नेपाल नं ८ गुल्म काँकडभिट्टाले ५५० केजी मासु आज नष्ट गरेको छ । अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको मासु बिहान मेचीनगर–६ स्थित भान्साखोला क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । सो मासु गोरुको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

मेशिनले प्याक गरी ल्याइएको मासु पशु क्वारेन्टाइन कार्यालयका पशु चिकित्सक मुकेशकुमार सिंह, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा गुल्म परिसरमा खाल्डो किनेर नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ८ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । सरकारले पक्षी तथा पक्षीजन्य वा मासु तथा मासुजन्य पदार्थको आयातमा रोक लगाएको छ ।

प्रतिक्रिया