अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोग चार डाक्टर प’क्राउ

admin

काठमाडाैं, २७ असार : प्र’हरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई प’क्राउ गरेको छ। स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्र’हरीले चार जना डाक्टरहरुलाई प’क्राउ गरेको हो।

प’क्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका छन । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई प’क्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ।


ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु प’क्राउ परेका हुन। सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ। कलेजका संचालक भी नटराज र नगेन्द्र कम्पाटी हुन ।

प्रतिक्रिया