अशोक दर्जीको गीतमा शब्द/सङ्गीत दिने मञ्जुल जापानमा विश्वकै ऐतिहासिक ठुलो बुद्धको मूर्ति निर्माण गर्दै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मोरङको उत्तरी दुर्गम क्षेत्र मिक्लाजुङ गाउँपालिकाको टाँडी भन्ने ठाउँमा जन्मिएर त्यहिँ ढुंगामाटो खेलाउँदै हुर्केका मन्जुल मितेरी जापानमा विश्वकै अग्लो एतिहासिक बुद्धको मूर्ति निर्माण गर्न लागेका छन्। 

विश्व सम्पदा सुचीमा राख्ने योजना रहेको उक्त मूर्ति बनाउन उनी सहित चारजनाको टोलीले यो काम गर्दै छन्। त्यति ठुलो मूर्ति बनाउने अवसर पाएका मन्जुल आफु र आफ्नो देशको लागि ठुलो गौरव भएको बताउछन।

उनले ११ वर्षको उमेरमा नै अरनिकोबाट प्रेरित भएर मूर्ति बनाउन सिकेका थिए। उनले सबैभन्दा पहिला मानिसको आकार भएको मुर्ति बनाएका थिए। त्यसपछि एक पछि अर्को गर्दै उनले मुर्ति बनाउन शुरु गरेका हुन्।

देशभक्तको भावना भएका उनले दश वर्ष पहिले आफनै खर्चमा ढुंगाका एक हजार मूर्ति निर्माण गरेर आगामी २०८४ फागुनभित्र राज्यलाई निशुल्क प्रदान गर्ने घोषणा गरेका थिए। यसै विषयमा बोल्दै उनले भने, ‘यो मेरो नितान्त व्यक्तिगत लक्ष्य हो तर बनाउँदा बनाउदै ढुंगा र यसलाई राख्ने ठाउँको अभावका कारण अहिले १५० मुर्ति बनाएको छु। अझै बनाउने कोसिसमा छु।’

यस्ता हुनाहार कौशल भएका उनका पूर्वज भने कोहि पनि मूर्तिकलामा नलागेको उनी बताउँछन। आज अन्तराष्ट्रिय जगतमा मूर्तिकारको नामबाट चिनिएका उनी कथाकार अनि गीतकार पनि हुन् । “अर्काको देशमा” कथाको पुस्तक प्रकाशन गरेका उनले गीतहरु पनि लेखेका छन्। उनले आफ्नै स्वरमा गीत रेकर्ड पनि गरिसकेका छन् भने उनको गीत अन्य प्रतिभाहरुले पनि गाएका छन् । अहिलेका चर्चित बाल गायक अशोक दर्जीको दोश्रो गीतमा संगीत दिएका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू