अश्लील भिडियो सुट गरेपछि पुनम पाण्डे प’क्राउ

admin

एजेन्सी : अभिनेत्री पुनम पाण्डे प’क्राउ परेकी छन्। अ’श्लिल भिडियो सुट उनीविरुद्ध गोवाको अगौडामा अ’श्लील भिडियो सुट गरेको जाहेरी गोवाको क्यानाकोना पुलिस स्टेशनमा दर्ता भएको थियो। गोवा पुलिसले उनलाई प’क्राउ गरेको हो।

गोवाको चापोली बाँधमा अ’श्लील भिडियोको खिचेको आरोप उनीमाथि लगाइएको छ। उक्त घटनामा संलग्न दुई प्र’हरीलाई निलम्बन गरिएको छ। पुनम पाण्डे र अज्ञात व्यक्तिको वि’रूद्ध पनि जाहेरी दर्ता गरिएको छ।

जाहेरी हालेका अज्ञात व्यक्तिले पाण्डेको अ’श्लील भिडियो सुट गर्दै गरेको प्रमाणसहित जाहेरी गरेका थिए। हालै मात्र पुनम पनि बिहेको बारेमा विवादमा परेकी थिइन्। उनले आफ्नो प्रेमी सामसँग विवाह गरेकी थिइन्। तर दुई हप्ता भित्रै हनिमुनको बेला आफूलाई पतिले कु’टपि’ट गरेको भन्दै उजुरी गरेकी थिइन्।

पुनमले आफ्नो पतिबारे लेखेकी थिइन्, ‘सामले एक पटक मलाई यस्तो नराम्रो कुट्यो कि मेरो दिमागमा चो’ट लाग्यो। म धेरै दिनसम्म अस्पतालमा भर्ना भएँ। मेरो शरीरमा निशान थिए। सामले मेरो इन्स्टाग्रामबाट मेरा सबै चित्रहरू हटाएको छ। तर मैले केही पनि गरेको छैन किनकि अन्तमा सबै ठीक हुने सोचेकी छु।’

प्रतिक्रिया