अष्ट्रेलियामा पक्राउ परे प्रेमिकाको नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने नेपाली युवक

मनिषा थापा

एजेन्सी : सिड्नी-पूर्व प्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने एक नेपाली विद्यार्थी अष्ट्रेलियामा पक्राउ परेका छन् । प्रेमिकाको अर्कै युवकसँग बिबाह हुन् लागे पछि प्रेमीले नग्न फोटो सार्वजनिक गर्ने भन्दै धम्कि दिएका थिए।

उनका प्रेमी अष्ट्रेलियाको युनिभर्सिटि अफ साउथ अस्ट्रेलियामा अध्ययनरत छन्। विगतमा आफूसँग बिताएका बेलाको नग्न फोटो सार्वजनिक गर्ने र परिवारलाई पनि पठाइदिने भन्दै धम्की दिएको युवतीले उजुरीमा बताएकी छिन्। सो उजुरीकै आधारमा उनी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, उनले वेलायतमा रहेकी आफ्नी पुर्व प्रेमिकाले अर्कैसँग विहे गरेको आवेगमा धम्कीपूर्ण म्यासेज लेखेका थिए । प्रहरीले आरोपित युवकलाई स्थानीय अदालतमा यौनदुव्र्यवहार गरेको मुद्दा लगाएको छ ।

स्थानीय समाचार संस्थाका अनुसार युवकले आफु विदेशी नागरिक भएकाले अस्ट्रेलियामा आफुविरुद्ध कुनै पनि मुद्दा लाग्न नसक्ने बताउँदै युवतिलाई धम्क्याउँदै आएका थिए ।पक्राउ परेका युवक प्रहरी हिरासतमा छन् । प्रहरीले उनको कुनै परिचय पनि सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू