अष्ट्रेलिया समुन्द्रमा डुबेर एक नेपालीको ज्यान गयो

admin

काठमाडौं, २२ फागुन : अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपालीको ज्यान गएको छ ।

कास्कीको पोखरा घर भएका निकेश श्रेष्ठको क्विन्सल्याण्डमा समुन्द्रमा डुबेर ज्यान गएको हो । उद्दार टोलीले बुधबार दिउँसो श्रेष्ठको शव फेला पारेको थियो ।

पौडी खेलिरहेको समयमा विशाल छालले उनलाई समुन्द्रको गहिराइमा तानेको बताइएको छ । एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले निकेश फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत रहेको जानकारी दिएका छन् ।

श्रेष्ठको शव नेपाल पठाउने तयारी गरिएको छ । श्रेष्ठसँग पौडी खेल्न गएका अन्य चार जना नेपाली भने सकुशल छन् ।

श्रेष्ठको श’व शुक्रबार बिहान ब्रिसबेन ल्याइने र नेपाल पठाउने प्रक्रिया पुरा हुन अरु १०–८ दिन लाग्न सक्ने बताइएको छ ।

श्रेष्ठले अध्ययन गर्ने विश्वबिद्यालयमा यो घटना जानकारी भइसकेको र त्यहाँ बाट पनि आवश्यक सहयोग र समन्वय प्राप्त हुने बताइएको छ । 

यस घटनाबारे बुधबार साँझदेखि खबर आउन शुरु भएपनि बिहीबार बिहान मात्रै नेपाली दुताबास क्यानबेरा र एन आर एन अष्ट्रेलिया लगायत सम्बन्धित निकाय र समुदायमा खबर पुगेको थियो ।

प्रतिक्रिया