अस्ट्रेलियामा ‘नेपाल महोत्सव’को सातौँ संस्करण हुने, राजेश पायल राई देखि आंचल शर्मासम्मको सहभागिता रहने 

मनिषा थापा

हरेक २ बर्षमा एनआरएनए एनएसडब्लु एससिसि लगायत सम्पूर्ण नेपाली समाज तथा संस्थाहरुको संयुक्त आयोजनामा सिड्नी र आसपासका सहरहरुमा रहदै आएका नेपाली, सानादेखि ठुलासम्मा सबैलाई भेला गराउने पर्ब हो नेपाल फेस्टिबल । यो कार्यक्रम सिड्नीको डार्लिंग हार्बरमा हुदै आएको छ ।

अस्ट्रेलियामा रहेका नेपालीहरुको आयोजनामा ‘नेपाल महोत्सव’ को सातौँ संस्करण हुने भएको छ । महोत्सवको तयारी सिड्नीको डार्लिंग हार्वर्डमा भैरहेको छ । महोत्सव २४ नोभेम्बर बिहान १० बजे सनिबार औपचारिक कार्यक्रम पश्चात सुरु हुनेछ ।

कार्यक्रमको तयारी अन्तर्गत सिड्नीका सडकहरुमा नेपालको झन्डा तथा नेपालको कला संस्कृतिलाई प्रतिनिधित्व गर्ने गौतम बुद्ध, जीवित देवी कुमारी, स्वयम्भुलगायतका तस्विरले सजाइएको छ । महोत्सवको आकर्षणका रुपमा महोत्सव आयोजना स्थानको बीचमा स्तुपा राखिने छ । महोत्सवमा नेपालमा पाइने कलात्मक सामग्रीलाई समेत प्रदर्शनमा राखिने छ ।

महोत्सवमा आउने बिदेशी पर्यटकलाई नेपालका बारेमा जानकारी दिनका लागि छुट्टै डेस्कको समेत व्यवस्था गरिनेछ । महोत्सवको आकर्षणका रुपमा नेपाली खाना रहने छ नेपाली कलाकार, भेषभुषा र बाजागाजाले सजिएर झाकी सहित सिड्नी परिक्रममा गर्ने आयोजकको योजना रहेको छ । जसलाई नेपाल परेडको नाम दिईएको छ ।

नेपाली कलाकारको बिशेष प्रस्तुती रहने कार्यक्रममा कृष्णा गुरुङ, राजेश पायल राई, पशुपति शर्मा, विश्व नेपाली, आंचल शर्मा, शिव हमाल तथा अस्ट्रेलियामा रहेको नेपाली युवाहरुको ब्याण्ड र्याट्स नेपालको प्रस्तुती रहने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू