अस्पतालबाट डिस्चार्ज भए ट्रम्प

admin

काठमाडौँ, असोज २० : कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन दिनअघि सैनिक अस्पतालमा भर्ना ट्रम्पको अब ह्वाईट हाउसमै उपचार हुने भएको छ। डिस्चार्जका क्रममा ट्रम्पले छिट्टै चुनावी अभियान सुचारु हुने बताएका छन्।

त्यसअघि ह्वाईट हाउसका चिकित्सक डा. सीन कानले ट्रम्पको स्वास्थ्य अवस्थामा निकै सुधार आएको र अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताए। ट्रम्पको अब सरकारी निवास ह्वाईट हाउसमै उपचार जारी रहनेछ।

अस्पतालबाट निस्किनुअघि ट्रम्पले ट्वीटमा लेख्नु भएको थियो, ‘छिट्टै चुनाव प्रचारप्रसार सुरु गर्नेछु, फेक न्यूजले, केबल फेक पोल देखाउँछन्।’ कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका ट्रम्पलाई रेमडीसिविर औषधि दिइएको थियो।

प्रतिक्रिया