अस्पतालसँग समन्वय गरेर मात्र कोरोनाका बिरामीलाई ‘रिफर’ गर्न निर्देशन

admin

काठमाडौं, ३ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताए । उनले समन्वय गर्दा बिरामीलाई सहज हुने बताए ।

समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चार वटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा. अधिकारीले बताए ।

प्रतिक्रिया