अहिलेसम्मकै धेरै थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

admin

काठमाडौं, १९ असार : शुक्रबार थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिए ।

बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।

यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा तीन हजार नौ सय ९५ र वाग्मती प्रदेशमा पाँच सय सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै गण्डकी प्रदेशमा एक हजार एक सय १८, प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ९१, कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया