अहिलेसम्मकै महंगो सुनको मूल्य, तोलाको ९९ हजार पुग्यो

admin

काठमाडौं, १५ साउन : सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ पुगेको छ ।

बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यले रेकर्ड बनाए पनि चाँदीको मूल्य भने बिहीबार स्थिर छ । चाँदीको मूल्य बिहीबार पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

नेपालमा लकडाउन अघि ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ४ महिनापछि एकैपटक १० हजार २ सय रुपैयाँले बढेर ८७ हजार ४ सय रुपैयाँमा कारोबार भयो ।

त्यसपछि पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । डेढ महिनाको अवधिमा थप ११ हजार रुपैयाँको मूल्यवृद्धि भइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारजस्तै नेपालमा पनि सुनको मूल्य एक लाख रुपैयाँभन्दा धेरै माथिसम्म पुग्ने अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया