आइसोलेसनमा राखिएका एक पुरुषको ज्यान गयो

admin

कैलाली, १४ जेठ : सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक पुरुषको ज्यान गएको छ ।

कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै ज्यान गएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलबार भारतको महाराष्ट्रबाट फर्किएपछि क्वरेन्टीनमा रहेका ती पुरुष मंगलबार नै साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार ती व्यक्तिको बुधबार बिहान ज्यान गएको हो । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।

प्रतिक्रिया