आईपीओ निष्काशन गर्न ज्योती लाइफले अनुमति पायो, कति कित्ता बिक्री गर्दैछ ?

admin

काठमाडौं, १० फागुन : ज्योति लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । ज्योती लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले १०० रुपैयाँ दरको आइपिओ निष्काशन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ ।

आईपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया