आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि आउँदैन, बरफ पग्लिए जसरी सकिन्छन् : ओली

admin

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि नआउने दाबी गर्नुभएको छ ।

cflbjf;L hghflt dxf;ª3sf] /fli6«o e]nf pb3f6g sfo{qmd
sf7df8f}+, !$ df3 M
k|wfgdGqL s]kL zdf{ cf]nL a’waf/ cflbjf;L hghflt dxf;ª3 s]G›Lo sld6Låf/f sf7df8f}Fdf cfof]lht …cflbjf;L hghflt dxf;ª3 g]kfnsf] /fli6«o e]nf @)&&Ú pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M rG›snf If]qL÷/f;;

बुधबार आफू निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदाे चुनावमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहकाे १० सिट पनि नआउने दाबी गर्नुभएको हो । उहाँले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गर्नुभयो ।

नागरिकले प्रचण्ड–माधव समूहलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले आउँदाे वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरूको भएको बताउनुभयो । विगतमा पार्टी र सरकार चलाउन नदिइ खुट्टा तानिएको भन्दै उहाँले आउँदा दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढङ्गले चलाइ पार्टीलाई एकढिक्का बनाइ अघि बढाउने पनि बताउनुभयो ।

प्रतिक्रिया