आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्यो

रिता घिसिंग

काबुल, २८ असोज : अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ¥यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्योअफगानिस्तानमा यही अक्टोबर २० तारिखका दिन हुने संसदीय र प्रान्तीय निर्वाचन नजिकिँदै गर्दा हिंसाका घटनाहरु बढ्दै गएका छन् ।

निर्वाचन लक्षित हिंसात्मक घटनामा परी अहिलेसम्म सयौंको मृत्यु भइसकेको छ ।

शनिबार ताखार प्रान्तमा आयोजित ¥यालीमा भएको आक्रमणमा परी ३६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले उक्त र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीक अघि विस्फोट गराएका थिए ।
–रासस

प्रतिक्रिया