ताजा अपडेट, नगरपालिका घेरेपछि पथरीका मेयरले बल्ल मुख खोले, यस्तो आयो निष्कर्ष [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। मोरङको पथरी शनिश्चरेमा शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी ब्यवसायी २९ वर्षीया रुपा (रीना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीयले आन्दोलन गरे ।

मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर दाेषी पत्ता लगाउनु पर्ने माग राख्दै पथरीका स्थानीय आन्दाेलित भएका हुन् । दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका स्थानीय सडकमा उत्रिएका हुन् । सडकमा टायर बालेर उनीहरुले नाराबाजी समेत गरेका छन् ।

विरोधका कारण पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको थियो । सोमबार उद्योग वाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाएसँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजेकाे उनीहरुकाे आराेप छ । आन्दोलित स्थानीयले महेन्द्र राजमार्ग अन्तर्गत पथरी सडकखण्ड अवरुद्ध गर्दै नाराबाजी गरेका छन् । स्थानीयले इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँको राजीनामा समेत माग गरेका छन् ।

नाराबाजी गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । प्रदर्शनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेपछि समस्या जटिल बनेको थियो । झडपका क्रममा पाँच जना घाइते पनि भए । घाइते २ जनाको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको र ३ जनालाई विराटनगर ल्याइएको छ ।

नगर प्रमुख दीलिपकुमार राईले सम्बोधन गर्दै सबैलाई समेटेर वार्ता समिति बनाउने बताए । आन्दोलनकारीलाई सम्बोधन गर्दै मेयर राईले संघर्षरत पक्ष, नगरपालिका र प्रहरी प्रशासनबीच वार्ता गर्ने टोली गठन गर्ने भन्नेबारे सहमति गरेको जानकारी दिए । मेयरले गरेको सम्बोधनपछि स्थानीयले बिहान ९ बजे देखि बन्द रहेको राजमार्ग खुलाएका छन् ।

प्रहरी कार्यालयमा नगर प्रमुख र उपप्रमुख बसेर वातावरण शान्त बनाउने प्रयास भइरहेको बेला प्रहरीले अश्रुग्यास प्रहार गर्दा समस्या थप बल्झिएको थियो ।अहिले पथरीको अवस्था सामान्य छ । सवारी चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन् ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू