आखिर ! कट्रिनाले किन साउथ सुपरस्टारसँग फिल्म नखेल्ने भइन् ?

मनिषा थापा

एजेन्सी : बलिउड अभिनेत्री कट्रिना कैफ र टलिउड सुपरस्टार महेश बाबुले एकसाथ चलचित्रमा अभिनय नगर्ने भएका छन । यस अघि कैफले अभिनेता महेश बाबुसँग चलचित्र खेल्ने चर्चा भएको थियो ।

अहिले सलमान खान मुख्य भुमिकामा रहेको ‘भारत’को विज्ञापनमा उनी व्यस्त रहेकी छिन । ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । सलमान खान, सुनिल ग्रोवर लगायत धेरै कलाकारले अभिनय गरेका छन ।

चलचित्रको प्रमोसन गर्नको लागि दिइएको एक अन्तर्वार्तामा उनले आफुले भारत बाहेक अन्य कुनैं पनि चलचित्र साइन नगरेको बताइन । उनको यो भनाइले स्पष्ट हुन्छ कि उनी साउथ इन्डीयन चलचित्रमा महेश बाबुको साथ नआउँने भएकी छिन । उनको यो बयानले उनलाई साउथ सुपरस्टारका साथ देख्न चाहानेहरुका लागि चोट पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू