आखिर के पाए त भाइरल भीमले ? (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सामाजिक सञ्जालमा कुनै न कुनै बिषय भाइरल भैरहेको हुन्छ। पछिल्लो समय नेपालमा होचा पुड्का व्यक्तिहरु सामाजिक संजालमा छाइरहेका छन। एक पछी अर्को हुँदै फरक-फरक व्यक्ति भाइरल भैरहेका छन। तनहुँका भिम बहादुर विक यसको पछिल्लो उदाहरण हुन्।

होचो कद, हँसिलो र निर्दोष अनुहारका भिम बहादुरको चुलबुले स्वभाव हेर्दा लाग्छ उनि सानै उमेरका छन। तर उनि आँफु ५० वर्ष पुगेको बताउदै विश्वास नलागे यहाँ हेर्नुस भन्दै आफ्नो घाँटीमा झुन्डाएको परिचय पत्र हेर्न अन्तर्वार्ता लिन पुगेका पत्रकारलाई बारम्बार अनुरोध गर्छन ।

तनहुँको एउटा गाउँमा जन्मी हुर्किएका भिम आफ्नो घर देखि करिब दुई घण्टा टाढा नारायणघाट नजिकको धार्मिकस्थल देबघाटमा आउने व्यक्तिहरुसँग मागेर आफ्नो दिन बिताउछन। उनका आमा बुवा गाउँमै खेती किसानी गर्छन ।

शारीरिक असक्तताका कारण दुइ-दुइ ओटा पुल तरेर विद्यालय जान नसकेकै कारण उनले अध्ययन सुरु गर्न सकेनन। पढ्न नपाएकोमा उनी दुखी पनि छैनन । ५० बर्ष पुरा भएतापनि बच्चाको जस्तो स्वभावको कारण उनी अहिले देश-बिदेशमा सबैको प्यारो बन्न पुगेका छन। दिनभरि घाम-पानी केहि नभनी मागेर जम्मा गरेको रकम बेलुका घर फर्किएर आमालाई दिने गर्छन ।

उनले देबघाट क्षेत्रमा मागेर बस्न थालेको २२ बर्ष बितिसक्यो। केहि अनलाइनहरुले भिडियो सहित उनको बारेमा विभिन्न सामाग्री प्रस्तुत गरेपछि अहिले उनलाई देश-बिदेशमा नचिन्ने शायदै कम होलान। अन्तर्वार्ता हेरेर केहि व्यक्तिले उनलाई थोरै सहयोग पनि गरे। सामाजिक संजालमा उनी भाइरल त भए तर धेरैले उनको अनुहार मात्रै चिने। भिम बिकको दैनिकि, घर र बुबाआमा अनलाइनमा त छाए तर अशोक दर्जी र भुईकटहरको जस्तो न त उनको घर बन्यो न त उनलाई उज्जवल भबिष्यको लागि खुड्किला चढाउने काम भयो।

आज पनि उनी देवघाटमै मागेर बस्छन। अभिनयमा सम्भावना बोकेका मिजासिलो स्वभावका भिम बिकले केहि समय त अनलाइनमा छाइरहलान तर बृद्ध बाबुआमालाई खुशी राख्ने र खुशी भएर जीवनयापन चलाउन सक्ने सामर्थ्य राख्ने उनलाई सम्भावना मात्र देखाउने तर मुर्त रुप दिन प्रयास नगर्ने हो भने भाइरल बनाउनुको के अर्थ रह्यो र ? यो बिषयमा अनलाइनहरुले विचार गर्नुपर्ने बेला आएको छ। बिगतमा झैँ भिम बिकको उज्ज्वल भबिष्य निर्माणको लागि हामि सम्पूर्ण मिडियाकर्मीले साथ् र सहयोग गर्नुपर्ने बेला आएको छ ।

हामीले लिएको अन्तर्वार्तामा तपाइलाई भविष्यमा कसले पाल्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘जसले पाल्ला पाल्ला !’ सहयोगी मन भएका सम्पूर्ण नेपालीहरु फेरी एकजुट हुनुपर्ने बेला आएको छ। भिम बहादुर बिक र उनको बाबु आमालाई सामाजिक संजालमा भाइरल मात्रै नबनाउ जीवनस्तर अभिवृद्धिको लागि प्रयास पनि गरौ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू