आखिर के हो त सेलीब्रेटीहरु माझ पपुलर भईरहेको ‘बोतल क्याप च्यालेन्ज’ ? (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सामाजिक संजालमा प्राय केहि न केहि कुराहरु भाइरल भईरहेको हुन्छ। त्यस्तै पछिल्लो समय ‘फेसएप’ नामक एप ले सामाजिक संजालमा तहल्का नै मच्चायो जसलाई बलिउड, हलिउड र कलिउडका सेलिब्रेटी देखि आममानिसले समेत् प्रयोग गरे। यो एपले तपाइको जवानीको फोटोलाई आर्टिफिसियल इन्टेलिजेन्स (AI) फिल्टर प्रयोग गरेर बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भनेर देखाईदिन्छ।

त्यस्तै अहिले फेरी ‘बोतल क्याप च्यालेन्ज’ सामाजिक संजालमा तीव्र रुपमा भाइरल भईरहेको छ। यस च्यालेन्जमा बोतल अगाडी राखिन्छ र व्यक्तिले एकपटक घुमेर अगाडी राखिएको बोतलको बिर्को खोलेर हटाउनु पर्ने हुन्छ। तर बोतल भने ढल्न दिनु हुदैन। ‘बोतल क्याप च्यालेन्ज’ सबैभन्दा पहिला जेसन स्तेथमले शुरुवात गरेका थिए। यस च्यालेन्जमा कोहिले खुट्टाले बोतलको बिर्को खोलिदिन्छन्। कोहीले हातले साथै अन्यले बिर्को खोल्न अनेक उपाय लगाएका छन्। सेलिब्रेटीहरुले पनि उक्त च्यालेन्जलाई कलात्मक ढंगबाट प्रस्तुत गरेका छन्।

हलिउडबाट शुरु भएको यो च्यालेन्ज अहिले बलिउडमा समेत् चर्चित बनेको छ। बलिउडका अक्षय कुमार, सलमान खान देखि लिएर विद्युत जमाल जस्ता सेलीब्रेटीले ‘बोतल क्याप च्यालेन्ज’ स्वीकार गरेको भिडियो सामाजिक संजालमा शेयर गरेका छन जुन व्यापक रुपमा भाइरल समेत् भईरहेको छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू