आगलागीमा परेर बहिनीको ज्यान गयो, दिदीको अवस्था एकदम नाजुक [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। ‘मैले मेरा छोरीहरुको लागि भनेर कमाएको सम्पत्तिसँगै छोरीहरु नै जल्न पुगे।’ गहभरिको आशु छछल्किन नपाउदै आशु पुछ्दै उत्तम थापामगरले भने।

आलिताल गाउँपालिका–८ मा उत्तम थापाको किराना पसलमा राति आगलागी हुँदा उनको ८ वर्षीय कान्छी छोरि आरति थापामगरको मृत्यु भएको छ। ११ वर्षीया जेठी छोरी निरुता थापामगर भने गम्भीर घाइते भएकि छिन् ।

आगोलागिमा परी गम्भीर घाइते निरुतालाई उपचारका लागि धनगढी लगिएको थियो। धनगढीबाट उनलाई वीर अस्पताल रिफर गरिदियो। वीर अस्पतालबाट पनि उनलाई किर्तिपुर हस्पिटल रिफर गरिएको छ।

अहिले निरुताको किर्तिपुर अस्पतालमा उपाचररत छिन्। उनको स्वास्थ्य अवस्था निकै नाजुक भएको डाक्टरको भनाई रहेको छ।

थापाकी २ छोरी आरती र निरुता थापा मैनबत्ती बालेर किताब पढीरहेको बेला मैनबत्ती ढलेर पसलमा आगलागी भएको थियो । आगो लागेर एक छोरी घाइते अवस्थामा आफैं घर बाहिर निस्किएपछि मात्रै परिवारले जानकारी पाएका थिए । आगो स्थानीय र गाउँपालिकाको अग्रसरतामा नियन्त्रणमा लिइएको थियो ।

उत्तम थापाको किराना पसलबाट लागेको आगोलेसँगैका रामबहादुर धामी, दीलबहादुर रानाको घरमा आंशिक क्षति भएको छ। आगलागीबाट धनमालमा पुगेको क्षतिको यकिन विवरण आइसकेको छैन । उत्तमको अन्दाजमा उनको ६० / ६५ लाखको क्षति भएको छ। \

अहिले उनीसँग उनले लागेको एक जोर कपडा बाहेक अरु केहि छैन। उनको बैंकको खातामा पनि जम्मा दश हजार रुपैया मात्र थियो। छोरीको उपचारमा उनको ३ लाख जति खर्च भइसकेको छ। सब खर्चको जोहो उनले साथीसँग माग्दै चलाएको उनले बताए। हाल नै उनलाई विदेशबाट सहयोग स्वरुप ७०००० हस्तान्तरण भएको पनि उनले जानकारी दिएका छन्।

निरुताको उपचारको लागि धेरै धेरै पैसा चाहिने भएकोले अहिले उनी आम नेपालीबाट सहयोगको अपेक्षा गरिरहेका छन्। तपाईहाम्रो धेरथोर सहयोगले निरुताको जीवन बच्छ भने किन सहयोग नगर्ने। कृपया तपाई सम्पूर्णले आफुले सकेको जति सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गरिन्छ।

सहयोग गर्नको लागि

उत्तम थापा – ९८२५७५३४१२ / ९८६८४६३५०२

पिएनपी मिडिया : ९८५१०१८०६३

प्रतिक्रिया

सम्बन्धित समाचारहरू