आजको मौसमः कतै वर्षा, कतै हिमपात

admin

काठमाडौं, २९ पुस : देशका पश्चिमी भूभागमा मंगलबारको मौसममा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ३.६ र अधिकतम तापक्रम १९।.७ डिग्री सेल्सियस मापन भएको थियो ।

प्रतिक्रिया