आजको मौसम : अधिकांश स्थानमा बदली, केही स्थानमा वर्षाको सम्भावना

admin

काठमाडौं, २७ वैशाख : आज देशका विभिन्न स्थानहरुमा बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले मौसम बदली रहने र वर्षा हुने बताइएको छ।

सोमबार बिहान देशका अधिकांश भू–भागमा सामान्य बदली छ। प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चचिमका भू–भागका थेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। दिउँसो पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ। यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थेरै स्थानहरु र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया