आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

admin

काठमाडौं, मंसिर १९ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुने जनाएको छ।

महाशाखाका मौसमविद् निराजन सापकोटाका अनु्सार अहिले देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा पानी पर्ने मौसमविद् सापकोटाले जानकारी दिए। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागको एक/दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

शु्क्रबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ७ दशमलब ६ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो २१ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया