आजको मौसम : चट्याङ्गसहित भारी वर्षा हुने

admin

काठमाडौं, साउन २५ : देशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित भएको उल्लेख छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

शनिबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ। पहाडि भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ मध्य र पूर्वी पहाडि भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।

प्रतिक्रिया