आजको मौसम: मेघ गर्जनसहति पानी पर्ने

admin

काठमाडौं, फागुन २५ : आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक दुई स्थानमा मेघ गर्जनसहति हल्का वर्षा हुने सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा पनि आज सामान्यतया मौसम बदली हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १० डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया