आजको विनिमयदर कति ?

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३१ साउन : आज साताको छैठौँ दीन अर्थात शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ।

प्रतिक्रिया