आजको विनिमयदर : कुन देशको कति छ ? [सूचीसहित]

शर्मिला गुरुङ

काठमाडौँ, १७ भदौ : आज साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ५७ पैसा र बिक्रिदर १३८ रुपैयाँ २९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

त्यस्तैगरी, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया