आजको विनिमयदर : कुन देशको कति ? [सूचीसहित]

राष्ट्रिय समाचार समिति

काठमाडौं, ७ असोज :  साताको तेस्रो दिन अर्थात मंगलबार आज नेपाली बजारमा कुवेती दिनार बाहेक सबै देशको भाउ ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रिदर १४१ रुपैयाँ ६४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया