आजदेखि शहीद सप्ताह मनाइँदै

admin

काठमाडौँ, माघ १० : प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने श’हीदको सम्झनामा आजदेखि श’हीद सप्ताह मनाइँदैछ। सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँ’सी दिइएको टेकु खरिबोटमा श्र’द्धा’ञ्जलीसभा गरिँदै छ ।

यस्तै १३ गते बिहान आठ बजे सिफलमा रहेको धर्मभक्त माथेमा फाँ’सी दिइएको ठाउँ र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गो’ली हा’निएको शोभा भगवतीमा श्र’द्धाञ्जलीसभा गरिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्र’हरी र सशस्त्र प्र’हरीको ब्यान्ड, मार्चपास र श’हीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी श’हीद उद्यान लैनचौरमा पुगेर श्र’द्धाञ्जलीसभामा परिणत हुने छ ।

लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुनुहुने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो । २०१२ सालदेखि काठमाण्डौ नगरको संयोजकत्वमा श’हीद सप्ताह अन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रजातन्त्रको माग गर्दा तत्कालिन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाण्डौको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृ’त्युद’ण्ड दिएका थिए ।

प्रतिक्रिया