आजबाट अन्ततः ओली सरकारको विधिवत् विदाई भयो : डा बाबुराम भट्टराई

admin

काठमाडौं, २७ वैशाख : पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् डा. बाबुराम भट्टराईले अन्ततः संसदले ओली सरकारलाई विदाई गरेको बताएका छन् । संसदमा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि ट्वीट गर्दै त्यस्तो बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्रीको क्रियापकलापलाई निरंकुश प्रवृतिको संज्ञा दिँदै पूर्ण रुपमा ओली प्रवृतिको अन्त्य भइनसकेको टिप्पणी गरेका छन् । उनले भने- ‘अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ।तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।’

त्यस्तै राष्ट्रपतिले संविधानको धारा ७६(२) बमोजिम २ वा २ भन्दा बढी दलहरुको नयाँ सरकार गठन गर्न आह्वान गर्न गर्दै अन्य दलहरुलाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

डा. भट्टराई भन्छन्दे- ‘शमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६(२)अनुरूप२वा २भन्दा बढी दलको नयाॅसरकार गठन गर्ने आह्वान गरून्!दलहरूले स्वीकारून!’

प्रतिक्रिया