दुर्गा माताको पूजामा भुलेर पनि नगर्नुस यी गल्ति !

मनिषा थापा

पिएनपिखबर :  आइतबार देखि नवरात्री शुरु भएको छ। नवरात्रीको शुभ दिनमा दुर्गा माताको उपासना गर्ने गरिन्छ। यी नौ दिनहरुमा मातालाई प्रशन्न पार्नको लागि भक्तजन व्रत र पूजा पाठ गर्ने गर्दछन।

नवरात्रीको यस पावन दिनहरुमा माताको नौ रुपको पूजा गर्ने गरिन्छ। धार्मिक मान्यता अनुसार, यी दिनहरुमा माताको नौ स्वरुपलाई पूजा गर्नाले घरमा सुख र शान्ति बन्ने गर्छ र माताले सबै मनोकमाना पूरा गर्ने गर्छिन।

यी नौ दिनमा पूजापाठ गर्दा केहि नियममा ध्यान दिनु आवश्यक छ। ती नियमको हामीले पालना गरेमा माता प्रसन्न भई मनवांछित वरदान दिनेछिन्। शास्त्रको अनुसार, यदि यी नियमको पालना गरिए न भने दुर्गामाताको आशिर्वाद मिल्दैन। आउनुहोस जानौ कुन दिन कुन नियमको पालना गर्ने भन्ने बारे।

१. महिलालाई सम्मान गर्ने

 माता ती व्यक्ति प्रति प्रसन्न हुन्छिन जसले महिलाहरुलाई सम्मान गर्छन। जुन घरमा सधै महिलाको सम्मान हुन्छ त्यस घरमा माताको कृपा सधै हुने गर्छ। महिलालाई सम्मान गर्ने व्यक्तिको घरमा लक्ष्मीले सधै कृपा बर्साउछिन। यस नवरात्रीमा तपाई पनि माताले कृपा गरुन भन्ने चाहानुहुन्छ भने महिलालाई सम्मान गर्नुहोस।

२. ब्रह्मचर्यको पालन गर्ने

नवरात्रीको दिनमा काम भावनामा नियन्त्रण राख्नु अति जरुरी छ। यी दिनमा महिला र पुरुष दुवै ब्रह्मचर्यको पालना गर्नुपर्ने हुन्छ। माताको पूजा सफा मन र कर्मले गर्नाले नै माता प्रसन्न हुनेछिन त्यसकारण यी दिनहरुमा शारीरिक सम्बन्ध राख्नु हुदैन।

३. कलश स्थापना पछि यी काम नगर्ने
घरमा कलश स्थापना गरेपछि घर खाली छाड्नु हुदैन। कोहि न कोहि घरमा बस्ने पर्दछ। यी दिनमा घरमा दिनको समयमा सुत्नु हुदैन।

४. शान्ति र सद्भाव हुनुपर्ने

नवरात्रीको दिनहरुमा मनलाई शान्ति राखेर माताको ध्यान गर्नु फलदायी हुन्छ। यी दिनमा घरमा शान्ति र सद्भाव राख्नाले लक्ष्मी प्रसन्न हुनेछिन। जुन घरमा आपसी कलह हुने गर्छ त्यस घरमा कहिले राम्रो हुदैन किनभने माताले त्यस्तो घरमा बास गर्दिनन्।

५. समय बर्बाद नगर्ने 

माताको यो पावन पर्व वर्षमा दुईपटक आउने गर्छ यसकारण यस समय सुतेर बर्वाद गर्नु हुदैन।
यी दिनमा विहानै उठेर स्नान गरी माताको ध्यान गर्नुपर्दछ । यी दिनमा गरिएको दुर्गा सप्तशतीको पाठले विशेष फल मिल्ने गर्छ ।

६. सात्विक आहार खाने 

यी दिनमा यदि तपाईले व्रत लिनु भएको छैन भने प्याज, लसुन, मदिरा र मासु खानु हुदैन। नवरात्रीको नौ नै दिन पूर्ण सात्विक आहार लिनुपर्दछ ।

७. अनादर नगर्ने

नवरात्रीको दिन तपाइको घरमा कोहि पाहुना वा भिखारी आएको छन् भने उनीहरुको आदार, सत्कार गर्नुपर्दछ । घर आएका व्यक्तिलाई भोजन, पानी इत्यादि दिनुपर्छ । यी दिनमा माता घरमा जुनसुकै रुपमा पनि प्रवेश गर्न सक्ने मान्यता छ । 

८. सरसफाईमा ध्यान दिने 

नवरात्रीको दिनमा सरसफाईमा विशेष ध्यान दिनुपर्छ। यी दिनमा कालो रङको कपडाबाट बनेको बस्तुको उपयोग गर्नु हुदैन । यी दिनमा कपाल, धारी र नङ पनि काट्नु हुदैन ।

९. कसलाई पनि चिन्ता दिनु हुदैन 

यी दिनमा अरुलाई कुनै पनि किसिमको दुख दिनु हुदैन । यी दिनमा पशुपन्छीलाई दानापानीको व्यवस्था गर्नु उत्तम मानिन्छ । माता भगवतीको वाहन जनावर भएको कारण यी दिनहरुमा पशुपन्छीको सेवा गर्नाले माता प्रसन्न हुने मान्यता छ ।  

 

प्रतिक्रिया