साउन महिनामा कुन-कुन दिन आराधना गर्नाले मिल्नेछ शिवको वरदान ? जान्नुहोस

शर्मिला गुरुङ

पिएनपिखबर : साउन कृष्ण प्रतिपदा देखि पुर्णिमा सम्म महिनाभरी भगवान शिवको आराधना- अभिषेकको लागि प्रत्यक दिन राम्रो मानिन्छ। तर यी दिनहरुमा केहि साईत यस्तो पनि हुन्छन, जुनमा शिवको पुजा, कलशको जल, सुदरभिषेक आदि गर्नाले अझै राम्रो फलदायी हुनेछ।

यसपटक साउनको पहिलो सोमबार ६ गते परेको थियो । संयोगवश यसै दिन मरुस्थलीय नागपंचमी पनि परेकोले उक्त दिन रुद्राभिषेक गर्नाले नागदेव प्रशन्न हुनेछन जसले गर्दा सन्तान-सुखमा बाधा अड्चन हट्ने विश्वास छ। जुन मानिसको कुण्डलीमा पितृदोष वा काल सर्प योग छ उसले यो पुजा गर्नाले शान्ति मिल्नेछ।

त्यस्तै, साउन महिनाको दोस्रो सोमबार १३ गते परेको छ। यस दिनमा सोम दोष परेकोले सिद्रभिषेक गर्नाले मानसिक अशान्ति, गृह संकट र स्वास्थ्य समस्याबाट छुटकारा मिल्नेछ। स्वास्थ्याको दृष्टिकोण अनुष्ठान अति नै शुभ हुनेछ।

तेस्रो सोमबार २० गते परेको छ। जुन दिन एकदमै शुभ साईत पर्नुको साथै हप्ता भरिकै राम्रो साईत रहेको छ। वर्षकै ठुलो नागपंचमी र पुर्णिमाको संयोग पनि यसै दिन परेको हुँदा कार्य सिद्धि हुने योग छ।

साउनको चौथो दिन अर्थात अन्तिम सोमबार २७ गते पर्दछ। यस दिन पनि सोम प्रदोष व्रत परेको छ। यसै दिन शिव पार्वती एकै साथ् पृथ्वीको भ्रमण गर्ने विश्वास रहेको कारण रुद्रभिषेक गर्नाले सबै मनोकांक्ष पुरा हुनेछ।

साउन महिनाको १६ गते दिउसो १२:२८ मिनेटसम्म गुरु पुण्य योग पनि परेको हुँदा नाम कुण्डलीको दोषको हटाउनको लागि यो साईत अति शुभ फलदायी छ।

यसको अलावा ६ गते दिउसो १ : २८ मिनेटसम्म, ९ को साँझ पख ५ : ४४ मिनेसम्म, १३ गते साँझ ६: ३१ मिनेटसम्म, १६ गते दिउसो १२ : २१मिनेटसम्म, १९ गते बिहानीपखदेखि २० गते बिहानीपखसम्म, २३ गते राति ९ : ३६ मिनेट देखि २४ गते ९ : ६६ मिनेटसम्म र २६ गते बिहानीपख देखि १ बजेसम्म सर्वासिद्धि योग पनि रहेको छ।

यो अवधिमा गरेको जुनसुकै कार्य जपतप, पुजापाठ सबै सफल हुनेछ। साउनकै १४ गते मासशिवरात्रि पनि परेको छ। यस दिन भगवान शिवलाइ जल चढाएमा सिद्धि प्राप्त हुनेछ।

प्रतिक्रिया