आजभोलि ‘बा’ का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ : दिपकराज गिरी

admin

काठमाडौं, १५ जेठ : अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय कलाकारमा पर्छन् । राजनीतिक विषय होस् या अन्य, उनी निकै चोटिलो किसिमले स्टाटसमार्फत व्यंग्य गर्छन् ।

शुक्रबार पनि उनले एक स्टाटस लेखे । आफ्नो ‘बा’लाई मूलपात्र बनाएर लेखेको उनको स्टाटस प्रधामन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन प्रति लक्षित थियो भन्ने प्रष्ट बुझ्न सकिन्थ्यो । किनकी प्रधानमन्त्रीका समर्थकहरु उनलाई ‘बा’ भनेर सम्बोधन गर्छन् । यो सम्बोधन सामाजिक सञ्जालमा लेखिएका पोस्टल प्रष्ट्याउछ ।

दीपकराजले सानो छँदा आफूलाई ‘बा’ले देशको कथा सुनाउने गरेको लेखेका छन् । ‘सानो छँदा ‘बा’ले देशको कथा भन्थे । म मन्त्रमुग्ध भएर सुन्थें, बाका हरेक कुरामा ताली ठोक्ने हात यिनै हुन्’, उनले लेखेका छन् ।

उनले अहिलेको ‘बा’को कथालाई बुझ्न नसकेको हो कि भनी उल्लेख गरेका छन् । ‘तर आजकल ‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ । हाम्रा ‘बा’को कथा भन्ने शैली पुराना भा हो कि, म धेरै बुझ्ने भा हुँ केहि था छैन’, उनले लेखेका छन् ।

प्रतिक्रिया