आज एकैदिन थप ११४ जनामा सङ्क्रमण, सङ्क्रमितको संख्या ८ सय ८६ पुग्यो

admin

काठमाडौं, १४ जेठ : बुधबार एकैदिन १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ८ सय ८६ पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ८ जना, पोखरा प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना, राप्ती प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया