आज एकैदिन थप ७२ जनामा सङ्क्रमण, नेपालमा सङ्क्रमित ६ सय ७५ पुग्यो

admin

काठमाडौं, १२ जेठ : सोमबार मात्रै नेपालमा थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पुष्टि भएका ७२ जनासहित सबै सङ्क्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै बाराको कलैया नगरपालिकाका २ जना पुरुष, गढिमाइ नगरपालिकाका २१ जना पुरुष र रौतहटको राजपुर फरहदवा र इश्नाथका २६ जना पुरुष सङ्क्रमित भएका छन् । काठमाडौंको टोखा नगरपालिकाका २ र बुढानिलकण्ठ नगरपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी सप्तरीको डाक्नेश्वरीका २ जना, बर्दियाको बाँसगढीका १ जना, बाँकेको दुधवा र राप्ती सोनारीका ४ जना, दैलेखको नारायण नगरपालिकाका र ढुंगेश्वर गाउँपालिकाका ५जना र गुराँस गाउँपालिकाका २ जनामा पनि सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया