आज एकैदिन २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो

admin

काठमाडौं, १९ जेठ : सोमबार एकैदिन दुई सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । आजसम्म कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या २ सय २२ पुगेको छ ।

संक्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ भने हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया