आज थप ५८६ जनामा संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

admin

काठमाडौं, ३ असार : बुधबार थप ५८६ जना कोरोना संक्रमित बढेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या सात हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो नेपालमा एकैदिनमा संक्रमत हुनेको संख्यामध्ये अहिलेसम्मकै धेरै हो । यो सँगै संक्रमितको कूल संख्या ७ हजार १७७ जना पुगेको छ ।

हालसम्म १ हजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिक्रिया