आज एकैदिन ६ हजारभन्दा धेरै डिस्चार्ज, थप दुई सय तीन जनाको ज्यान गयो

admin

काठमाडौं, ३१ बैशाख : शुक्रबार नेपालमा आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार नौ सय ४८ जनाको पीसीआर र पाँच सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ६ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख सात हजार तीन सय ३६ छ । त्यस्तै कोरोना संक्रमणबाट थप दुई सय तीन जनाको ज्यान गएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार ६ सय ६९ पुगेको छ ।

प्रतिक्रिया