आज एक हजार नौं सय २५ जना कोरोनामुक्त हुँदा तीन हजार एक सय २५ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १८ साउन : सोमबार देशभर तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय १३ जनाको पीसीआर र तीन हजार एक सय ९८ जनाको एन्टिजेन गरी १३ हजार आठ सय ११ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको झण्डै २३ प्रतिशत हो । सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ६२ हजार चार सय ३२ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार नौ सय २५ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार एक सय २२ जना पुगेको छ । यही अवधिका थप २३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार आठ सय ९८ पुगेको छ । अहिले नेपालमा ३१ हजार ६ सय २९ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै बितेको २४ घण्टामा एक लाख ८१ हजार २५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । नेपालमा अहिलेसम्म २० लाख दुई सय ११ जनाले दुइ वटै मात्रा र ४१ लाख ६३ हजार दुई सय ५१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया