आज एमालेको स्थायी कमिटी बैठक बस्दै

admin

काठमाडौं, ३ असोज : आइतबार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुने उनले बताए । आउँदो १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा एमालेको विधान महाधिवेशन हुँदैछ । यस्तै, बैठकमा पार्टीको आन्तरिक विषय र १० बुँदे सहमतिअनुसार नेताहरुको कार्यविभाजनको विषयमा पनि छलफल हुने केन्द्रीय कार्यालय सचिव तामाङले जानकारी दिए ।

प्रतिक्रिया